बैंकिङ कसुरको आरोपमा जिसस काभ्रेका प्रमुख गौतम पक्राउ

3.2k
Shares

काठमाडौं । जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलाञ्चोकका प्रमुख दीपक कुमार गौतमलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बैंकिङ कसुरको आरोपमा पक्राउ गरेको प्रहरीले जनाएको छ।

काठमाडौं प्रहरी परिसरका एसपी अपिल बोहराकाका अनुसार गौतमविरुद्ध बैंकिङ कसुरसम्बन्धी तीनवटा जाहेरी दर्ता भएको छ। उनलाई बै‌किङ कसुर सम्बन्धि मुद्दामा अनुसन्धान भइरहेको छ ।

काभ्रेपलाञ्चोकमै पनि उनीविरुद्ध तीनवटा जाहेरी परेको ‍छ ।

नेकपा (एकीकृत समाजवादी)का नेतासमेत रहेका गौतमलाई हाल बानेश्वर प्रहरी वृत्तमा राखिएको छ। प्रहरी स्रोतका अनुसार उनको विषयमा थप अनुसन्धान भइरहेको छ।