घट्यो सुनचाँदीको मूल्य

483
Shares

काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा एक हजार र चाँदी तोलामा ३५ रुपैयाँ घटेको हो ।

बिहीबार प्रतितोला एक लाख ७६ हजारमा कारोबार भएको सुन आज प्रतितोला एक लाख ७५ हजारमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यस्तै, आज चाँदी प्रतितोला एक हजार नौ सय ९५ मा खरिदबिक्री हुनेछ ।

आज अन्तरराष्ट्रिय बजारमा सुन प्रतिऔँस तीन हजार २७ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।