
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ५ प्रतिशत र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

प्रतिक्रिया