
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । नेपाल आयल निगमले आइतबारदेखि लागू हुने गरि तेलको मूल्य घटाएको हो ।
जसअनुसार पेट्रोल ५ रूपैयाँ र डिजेल तथा मट्टीतेल प्रतिलिटर ४ रूपैयाँ सस्तो भएको छ । यससँगै बजारमा पेट्रोलको मूल्य प्रतिलिटर १६३ र डिजेल तथा मट्टीतेलको भाउ लिटरको १५१ रूपैयाँ कायम भएको छ ।
भारतबाट तेलको खरिद मूल्य घटेर आएपछि मूल्य समायोजन गरिएको निगमले जनाएको छ । अन्य पेट्रोलियम पदार्थको मूल्य भने यथावत छ ।
प्रतिक्रिया