८३८ खर्ब कारोबार गर्ने विश्व फुटबल उद्योग: करिब २५ करोड खेलाडीले खेल्छन् व्यावसायिक खेल

924
Shares

एजेन्सी । विश्वमा सबैभन्दा धेरै हेरिने खेल फुटबल हो । नेपालमा पनि पछिल्लो फ्रेन्चाइजी फुटबलको लहर चलिरहेको छ । फुटबलमा नेपालले व्यापारिक हिसावमा पनि धेरै फड्को मार्ने अनुमान लगाउन सकिन्छ ।

फुटबल केवल एक खेल मात्र होइन । यो एउटा यस्तो खेल प्रतियोगिता हो जसले संसारभरिका अर्बौं समर्थकलाई आकर्षित एक ढिक्का पारेको हुन्छ । विश्वभरमा अनुमानित ३.५ अर्ब समर्थकहरु फुटबलसँग जोडिएका छन् ।

संसारको सबैभन्दा लोकप्रिय र लाभदायक खेलमध्ये एक बनिसकेको खेल फुटबल हो । विश्वका मुख्य क्लबहरु देखि खेलाडी, ब्रोडकास्टिङ राइट्स र प्रायोजकहरुका फुटबलमा आकर्षित हुनु फुटबल व्यापारिक हिसाबले राम्रो भएको छ।
विश्व फुटबलमा बलियो भएका देशहरुमा राजस्वको आधा अंक फुटबलले नै धानेको छ ।

फुटबल व्यापारका सुरुवाती दिन

फुटबल सदियौंदेखि खेलिएको खेल हो, तर यो २०औं शताब्दीको सुरुआतमा व्यापारीक रुपमा परिवर्तन हुन थाल्यो । बेलायतमा सन् १८८८ मा फुटबल लिगको सुरुवात भयो । त्यसपछि फुटबल व्यावसायिक मोडलमा रूपान्तरण भयो । जब जब फुटबलको लोकप्रियता बढ्न थाल्यो क्लबहरूले खेलाडीहरूलाई उनीहरूको खेल अनुसार रकम दिन थाले । त्यसपछि फुटबलले आफ्नो व्यवसायिकरणको सुरुवात गर्‍यो

सन् १९७० को दशकले फुटबलको लागि नयाँ युगको सुरुवात गर्‍यो जसमा व्यापारिक प्रायोजन र विज्ञापन मोडलमा फुटबललाई जोडिन थालियो ।

टिभीले फुटबललाई एक स्थानीय खेलबाट विश्वव्यापी मोडलमा रुपान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्यो । सन् १९३७ मा यूकेमा पहिलो पटक फुटबलको प्रत्यक्ष प्रसारण गरिएको थियो र त्यसपछि यो खेलको पहुँच तीव्र गतिमा बढ्यो । २०औं शताब्दीको मध्यतिर प्रसारकहरूले फुटबल खेलहरूको प्रसारण अधिकारहरू सुरक्षित गर्न ठूलो रकम तिर्न थाले । जसले फुटबललाई ठूलो आर्थिक लाभ दिलायो । आज, टिभी/ब्रोडकास्टिङ सम्झौताहरू फुटबलको राजस्वको महत्वपूर्ण अंश बनिसकेको छ । विश्वका ठूला क्लबहरुले हरेक वर्ष लाखौँ डलरको ब्रोडकास्टिङ सम्झौताबाट राजस्व पाउने गर्छन् ।

फुटबल खेलहरूको विश्वव्यापी प्रसारणहरू मार्फत यसको पहुँचले यो खेललाई ठूलो हिस्सामा बाँढेको छ । टिभी सम्झौताबाट प्राप्त राजस्व आज क्लबहरू र विश्वका धेरै देशहरुको राजस्वमा धेरै सुधार गरेको छ ।

कतिको व्यापार ?

व्यावसायिक फुटबल क्लबहरू फुटबल व्यापारका मुख्य पक्ष हुन्। उत्कृष्ट २० क्लबहरूले वार्षिक रूपमा १० बिलियन डलरभन्दा बढी आम्दानी गर्ने गर्छन् । युरोपका ठूला क्लब बार्सिलोना, रियल मड्रिड, म्यानचेस्टर युनाइटेड जस्ता क्लबहरु विश्व फुटबलमा सर्वाधिक कमाइ गर्ने क्लबहरुमा पर्दछन् । फोर्ब्सको अनुसार बार्सिलोना र रियल म्याड्रिड जस्ता क्लबहरूको मूल्य ४ बिलियन डलरभन्दा बढी छ।

फुटबल क्लबहरुले गर्ने आम्दानीमा मैदानको प्रदर्शनमा मात्र निर्भर गर्दैन । एक क्लबको अफ–फिल्ड अपरेशनहरू जस्तै ब्राण्ड व्यवस्थापन, मार्केटिङ रणनीतिहरू र प्रभावकारी व्यापार अभ्यासहरू, क्लबहरूको दीर्घकालीन व्यावसायमा सहज हुने पक्ष हुन् । क्लबहरूको लागि राजस्वका स्रोतहरू विभिन्न छन्, जसमा टिकट बिक्री, मर्चेन्डाइजिङ, प्रायोजक र प्रसारण अधिकारहरू पर्दछन् ।

युरोपेली देशहरूले सन् २०१९ मा खेलकुद सामानको १३.३ बिलियन यूरोको आयात र ११.७ बिलियन यूरोको निर्यात गरेका थिए । यसले खेलकुद उद्योगको आकारको अनुमान गर्न सजिलो बनाउँछ ।

विश्वभर फुटबल उद्योगले अर्बौं डलरको कारोबार गर्छ । यूरोपेली फुटबल बजार नै २०२२/२०२३ को सिजनमा १६ प्रतिशत वृद्धि गर्दै ३५.३ अर्ब यूरो पुगेको छ । २०१८ फिफा विश्वकपको समयमा रुसले मात्र ७.७ मिलियन पर्यटकलाई आकर्षित गरेको थियो जसले अर्थतन्त्रमा ठूलो योगदान पुर्‍यायो एक अध्ययन रिपोर्टमा उल्लेख गरिएको छ ।

फुटबलसँग सम्बन्धित व्यापारिक गतिविधिहरू खेल सामग्री उत्पादन, प्रसारण अधिकार, विज्ञापन, र मर्चेन्डाइजिङ विश्वव्यापी रूपमा फैलिएका छन् । सन् २०१५/२०१८ को बीचमा मात्रै फिफाले प्रसारण अधिकारबाट ३.१ अर्ब डलर कमाएको थियो ।

विशेष गरी विश्वकप र च्याम्पियन्स लिग आयोजन भएको देशको पर्यटन उद्योगलाई ठूलो लाभ पुर्‍याउछ। सन् २०१४ ब्राजिल विश्वकपले विदेशी पर्यटकहरूको आगमनबाट ५४८ मिलियन डलर आम्दानी गराएको थियो​ ।

विश्वभर करिब २५ करोड मानिसले फुटबल खेल्छने गर्छन् । जसमा धेरै व्यवसायिक खेलाडीहरू पनि समावेश रहेको रिपोर्टमा उल्लेख गरिएको छ ।

फिफा र युरोपेली लिगहरूको डाटा अनुसार विश्व फुटबल उद्योगले प्रतिवर्ष २०० देखि ६०० बिलियन डलर( ८३८ खर्ब ३५ अर्ब नेपाली रुपैयाँ ) को हाराहारी कारोबार गर्छन् ।

खेलाडी र उनीहरुको सम्पत्ति

फुटबल खेलाडीहरू केवल स्टारहरु मात्र होइनन् उनीहरू फुटबल व्यापारको एक महत्त्वपूर्ण अंश हुन् । संसारका उत्कृष्ट खेलाडीहरू प्रत्येक वर्ष लाखौँ डलर कमाउँछन् जसमा पारिश्रमिक, बोनस र समर्थन सम्झौताहरू समावेश छन् । खेलाडीहरू क्लबहरूको लागि व्यावसायको महत्वपूर्ण आधारहरु हुन् । जसले समर्थकहरू र प्रायोजकहरुलाई क्लबको आर्थिक पाटोमा सहयोग गर्न आकर्षित गर्दछन् ।

खेलाडीको ट्रान्सफर फुटबल व्यापारको एउटा प्रमुख वित्तीय पाटो हो । सन् २०१७ मा ब्राजिलियन स्टार नेमारको पेरिस सेन्ट–जर्मेन (पीएसजी) मा २६३ मिलियन अमेरिकी डलरमा ट्रान्सफर भएको थियो जुन इतिहासकै धरै रकमको ट्रान्सफर हो । हरेक ट्रान्सफर विन्डोमा उत्कृष्ट खेलाडीहरूको मूल्य निरन्तर बढिरहेको हुन्छ ।

प्रायोजन र विज्ञापन फुटबल व्यापारको महत्वपूर्ण अंश हुन् । जर्सी प्रायोजनदेखि स्टेडियमको नाम अधिकारसम्म, क्लबहरू, खेलाडीहरू र प्रतियोगितासँग सम्झौता गर्न ब्राण्डहरूका लागि धेरै अवसरहरू आएका हुन्छन् । यी सम्झौताहरूको मूल्य धेरै हुन्छ । विश्वका ठूला फुटबल क्लबहरूले सयौं मिलियन डलरको प्रायोजन सम्झौताहरू गरेका हुन्छन् ।

फुटबलका विश्वभर दर्शकहरुको माग भए अनुसार यसलाई ब्राण्डहरूको लागि ठूलो दर्शकमाझ पुग्नको लागि महत्वपूर्ण पाटो बन्छ ।

फुटबल व्यापारको भविष्य

आगामी वर्षहरूमा फुटबल व्यापारको भविष्य उज्जवल देखिन्छ । धेरै पक्षहरुबाट हेर्दा फुटबलको व्यापार धेरै हुने देखिन्छ । त्यसमध्य एक मुख्य विश्वभरमा फुटबलमा व्यापारिक घरानाहरुले लगानी गर्न मान्नु र समर्थकहरु अझ धेरै हुँदै जानु पनि हो ।

फुटबल समर्थकहरु बढ्दा टिकट बिक्री, मर्चेन्डाइज र प्रायोजन सम्झौतामा पनि आर्थिक पाटो धेरै बढ्ने देखिन्छ । जसले धेरै राजस्व उठ्ने अनुमान लाउन सकिन्छ ।

संसारभरिका मानिसहरूले फुटबलमा पहुँच बढाउनका साथ यस खेलको वैश्विक प्रभाव बढ्दै जानेछ ।

प्रविधि र नयाँ डेटा विश्लेषणमा भएको प्रगतिले पनि फुटबलको व्यापारिक भविष्यमा महत्वपूर्ण भूमिका खेल्नेछ । नयाँ प्रविधि, वास्तविक–समय डेटा विश्लेषण र खेलाडीको प्रदर्शन मापन गर्ने नयाँ प्रविधिले पनि धेरै परिवर्तन गर्छ ।