पूर्वराजाको स्वागतमा फोहर भएपछि महानगर पुगेर ज्ञानेन्द्रले बुझाए १ लाख जरिबाना

5k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले काठमाडौं महानगरपालिकालाई एक लाख रुपैयाँ जरिवाना तिरेको छ ।

आइतबार पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा राप्रपाले आयोजना गरेको प्रदर्शनका क्रममा फोहर भएको र भौतिम संरचनामा क्षति पुर्‍याएको भन्दै महानगरले राप्रपालाई एक लाख जरिबाना तिराउने पत्र काटेको थियो ।

राप्रपाका सचेतक ज्ञानेन्द्र शाहीले महानगरको कार्यालयमा पुगेर जरिवानाबापतको रकम बुझाएका हुन् ।

महानगरले जरिबाना गराएको पैसा आज आफैं कार्यालय पुगरेर बुझाएको शाहीले जानकारी दिए ।

‘महानगरले गरेको जरिवानाको पैसा आज हामीले महानगर पुगरे बुझाएका छौं,’ शाहीले क्लिकमान्डुसँगको कुराकानीमा भने ।

यसअघि नेकपा एमालेले दरबारमार्गमा आयोजना गरेको कार्यक्रममा फोहोर भएको भन्दै महानगरले पत्र काटेको थियो ।