
काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ८०० रूपैयाँले घटेको सुन बिहीबार थप २०० रूपैयाँले घट्दै प्रतितोला १ लाख ७० हजार ३०० रूपैयाँमा कारोबार भइरहेको छ । बुधबार यसको मूल्य प्रतितोला १ लाख ७० हजार ५०० रूपैयाँ रहेको थियो ।
आज चाँदीको मूल्य भने बढेको छ । बुधबार प्रतितोला १ हजार ९४० रूपैयाँ रहेको चाँदी बिहीबार ५ रूपैयाँले बढेर १ हजार ९४५ रूपैयाँ पुगेको महासंघले जनाएको छ ।
प्रतिक्रिया