
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ ।
बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २६.९८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि १.४२ प्रतिशत नगदसहित २८.४० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ ।
उक्त प्रस्ताव बिमा प्राधिकरणले स्वीकृत गरेर कम्पनीले आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।








प्रतिक्रिया