हिमालयन लाइफले बोलायो साधारणसभा, लाभांशको कर आफैले तिर्नुपर्ने

630
Shares

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीलाई लाभांश दिने भएको छ । कम्पनीले सेयरधनीलाई १४ प्रतिशत बोनस सेयर दिने भएको छ ।

बोनस सेयरमा लाग्ने कर सेयरधनी आफैंले तिर्नुपर्ने भएको छ । प्रचलित कानुनी व्यवस्थाबमोजिम बोनस सेयरमा लाग्ने करबापतको रकम स्वयं सेयरधनीहरुले भुक्तानी गर्नुपर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले फागुन ११ गते वार्षिक साधारणसभा बोलाएको छ । सभा, अनुपम फुडल्याण्ड एन्ड बैंक्वैट बत्तिसपुतलीमा हुनेछ । सभामा कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव रहेको छ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव रहेको छ ।

सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गरिसकेको छ । माघ २४ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन भने लाभांश पनि पाउनेछन् ।