
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आजदेखि हकप्रद सेयर निष्कासन गरेको छ ।
कम्पनीले २५ प्रतिशत अर्थात ४ः१ अनुपातमा प्रतिकित्ता सय रुपैयाँका दरले ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँको ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर निष्कासन गरेको छ ।
हकप्रद सेयर निष्कासन गर्न माघ १८ गते बुक क्लोज गरेको छ । माघ १७ गतेसम्म कायम रहेका सेयरधनीले आवेदन दिन पाउनेछन् । आवेदन फागुन २८ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । आवेदन बिक्री प्रबन्धक सानिमा क्यापिटलका साथै कम्पनीले तोकेको शाखाबाट दिन सकिने छ ।
यस्तै धितोपत्र बोर्डबाट सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको हकप्रद निष्कासन पछि २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया