आगामी आर्थिक वर्षको बजेट १९ खर्बको हुने

168
Shares


काठमाडौं । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट १९ खर्ब रुपैयाँको हुने अनुमान राष्ट्रिय योजना आयोगले गरेको छ । आयोगले आगामी आर्थिक वर्षको बजेटको सिलिङ करिब १९ खर्बको हुने गरी स्रोत अनुमान गरेको छ ।

सोहीअनुसार आयोगले ‘राष्ट्रिय स्रोतको अनुमान तथा खर्च सीमा निर्धारणसम्बन्धी प्रतिवेदन २०८१’ अर्थ मन्त्रालयमा पेस गरेको हो ।

चालू आर्थिक वर्षमा १८ खर्ब ६० अर्बको बजेट बनाइएकोमा मध्याबधि समीक्षामार्फत १६ खर्ब ९२ अर्ब मात्रै खर्च हुने अनुमान अर्थ मन्त्रालयले गरेको छ । त्यसमा करिब १२ प्रतिशत वृद्धि हुने गरी योजना आयोगले स्रोतको अनुमान गरेको हो ।

आयोगले संवैधानिक निकाय, क्षेत्रगत मन्त्रालय, प्रदेश सरकार, स्थानीय तथा तथा संघीय सञ्चित कोषबाट व्ययभार हुने निकायहरूका लागि खर्चको सीमा तथा स्रोतसँगै मध्यकालीन खर्च संरचनाको खाका तयार पारेको हो ।