
काठमाडौं । अन्तरराष्ट्रिय बजारमा भएको उतारचढावसँगै स्थानीय बजारमा पनि सुनको मूल्य थपघट भएको छ । स्थानीय बजारमा आज प्रतितोला सुनमा ७ सय रूपैयाँले वृद्धि भएको हो ।
सोमबार सुनको मूल्य तोलामै १२ सय रूपैयाँले बढेको थियो ।
सोमबार प्रतितोला सुन १ लाख ६८ हजार ७०० रूपैयाँमा खरिदबिक्री भएकामा सोही परिमाणको सुन आज बढेर प्रतितोला १ लाख ६९ हजार ४०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ९७० मा कारोबार भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔंस २ हजार ९१४ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।








प्रतिक्रिया