
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई तालिम दिएको हो ।
कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन अभिकर्ताको भूमिका महत्वपूर्ण हुने बताए ।
उनले केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको बताए । जीवन बीमा व्यवसाय दिन प्रतिदिन व्यवसायिक हुँदै गईरहेको भन्दै उनले विगत केही बर्षदेखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएको जानकारी गराए ।
९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको लक्ष्य हासिल गरेको उल्लेख गरे । ५१ दिनसम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई सम्मान गरे ।
प्रतिक्रिया