प्रतितोला १२ सय रुपैयाँले बढ्यो सुनको मूल्य

301
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मुल्य बढेको छ । सोमबार अघिल्लो दिनको तुलनामा सुनको भाउ प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला १ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार १ लाख ६८ हजार ७ सय रुपैयाँ कायम भएको हो ।

सुनको मूल्य बढ्दा चाँदीको मूल्य तोलाको १५ रुपैयाँले बढेर १९ सय ७० रुपैयाँ पुगेको छ ।