
काठमाडौं । माघको तुलनामा फागुन महिनामा वाणिज्य बैंकको ब्याजदर औषतमा स्थिर रहेको छ ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकको औषत ब्याजदर फागुनमा ६ प्रतिशत रहेको छ ।
माघमा पनि बैंकहरुको औषतमा ब्याजदर ६ प्रतिशत रहेको थियो । २० वटा बैंकमा १८ वटा बैंकले ब्याजदर स्थिर राखेका छन् । २ वटा बैंकले मात्रै ब्याजदर चलाएका छन् । फागुन १ गतेबाट लागू हुने ब्याजदरमा ग्लोबल आइएमई बैंकले नाफा बढाएको छ भने लक्ष्मी सनराइज बैंकले घटाएको छ ।
माघको तुलनामा फागुनमा ग्लोबलको ब्याजदर ०.२५ प्रतिशत बिन्दुुले बढेर ६ प्रतिशत पुगेको छ । माघमा ५.७५ प्रतिशत रहेको थियो ।
यस्तै लक्ष्मी सनराइज बैंकले फागुनका लागि ब्याजदर ०.२५ प्रतिशत बिन्दुले घटेको छ । माघमा ५.७५ प्रतिशत ब्याजदर रहेको थियो । अहिले घटेर ५.५० प्रतिशत रहेको छ ।

प्रतिक्रिया