![](https://clickmandu.com/wp-content/uploads/2025/02/cable-car-birodh-768x403.jpg)
काठमाडौं । गृहमन्त्री रमेश लेखकले पाथीभरा केबलकारको विषयमा उत्पन्न समस्या वार्ता र सहमतिबाटै समाधान गर्नुपर्नेमा जोड दिए ।
सोमबार साँझ गृह मन्त्रालयमा उक्त विवाद समाधानका लागि गठित आन्दोलनरत पक्षका वार्ता टोली एवं सरोकारवालासँगको भेटमा उनले आपसी सहमतिबाट मात्रै समस्या समाधान गर्न सकिने भएकाले सबै गम्भीर हुनुपर्ने बताए ।
यसअघि मन्त्रालयद्वारा गठित वार्ता टोली र आन्दोलनरत पक्षका वार्ता टोलीबीच हिजो भएको छलफलमा अन्तिम निष्कर्ष नआएपछि आज गृहमन्त्रीसँग भेटघाट गरिएको हो ।
भेटमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता योगेश भट्टराई, आदिवासी जनजातिका नेताहरूको समेत सहभागिता रहेको थियो । ‘सोमबार साँझ उहाँहरू गृहमन्त्री ज्यूलाई भेट्न आउनुभएको थियो । मन्त्रीज्यूबाट वार्ता र सहमतिबाटै निकास निकाल्न आाग्रह भएको छ’, गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले भने ।
मन्त्री लेखकले शान्तिपूर्ण रूपमा समस्या समाधान खोज्न आग्रह गर्दै त्यस विषयमा सरकार पनि गम्भीर रहेको बताए । छलफलमा आन्दोलनरत पक्षबाट उच्चस्तरीय वार्ता टोली गठनको माग गरिएको पनि तिवारीले बताए।
प्रतिक्रिया