
तिलोत्तमा । बुटवलको साइन रेसुंगा डेभलपमेन्ट बैंकले फागुन ११ गते साइन रेसुंगा राष्ट्रिय १० के रन (१० किमि दौड) आयोजना गर्ने भएको छ ।
रन टू साइन भन्ने नारासहित आफ्नो १७ औं वार्षिकोत्सवको अवसरमा बैंकले आयोजना गर्न लागेको प्रतियोगितामा खुला, स्थानीय ५० वर्षसम्म र ५० वर्षभन्दा माथि गरी तीन विधामा दौड हुने शनिबार आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।
राष्ट्रियस्तरका खेलाडीसहित स्थानीय खेलाडीले दौड्ने खुलातर्फका विजेता हुने महिला र पुरुष दुवैले जनही १ लाख रुपैयाँ पुरस्कार पाउने बैंकका सीईओ प्रकाश पौडेलले बताए । दुवैतर्फ दोस्रोले ४० हजार, तेस्रोले २० हजार, चौथोले १५ हजार र पाँचौं हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
स्थानीयको हौसला बढाउन ५० वर्ष र त्यसभन्दा माथिका लागि हुने ५ किमि दौडका विजेतो १५ हजार, दोस्रोले १० हजार, तेस्रोले ५ हजार र चौथोले २ हजार ५ सय रुपैयाँ पाउनेछन् ।
प्रतिक्रिया