जापानमा पांग्रा पड्किएको निगमको वाइडबडी ३० घन्टापछि काठमाडौं उड्यो

1.6k
Shares

काठमाडौं । जापानको नारिता विमानस्थलमा पांग्रा पड्किएर अलपत्र परेको नेपाल वायुसेवा निगमको एक वाइडबडी जहाज करिब ३० घन्टापछि काठमाडौंका लागि उडेको छ ।

वायुसेवा निगमका प्रवक्ता रमेश पाैडेलले जहाज काठमाडौं आउँदै गरेकाे बताए । उनकाअनुसार ह्विलमा समस्या भएको उक्त्त जहाजकाे आवश्यक पांग्राको व्यवस्था गरेर जहाज उडाइएको हो ।

पौडेलले पांग्राको व्यवस्थापन हिजै भए पनि आवश्यक तयारी र उडान अनुमतिसहितका कारण आज मात्रै यात्रु लिएर आउन पाएकाे जनाए ।

उक्त जहाजमा २६२ यात्रु रहेका छन् । सोमबार दिउँसो साढे २ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुग्नुपर्ने निगमको वाइडबडी जहाजको पांग्रा पार्किङबाट ट्याक्सी वेतर्फ आउँदै गर्दा पड्किएको थियो ।

विमानमा अतिरिक्त टायर नभएकाले उतै व्यवस्थापन गर्नुपर्दा समय लागेकाेले पनि साेमबारकाे उडान मंगलबारका लागि मात्रै भएको निगमले जानकारी दिएको छ ।

विमानमा बसिसकेका यात्रुलाई एयरलाइन्सले हिजो होटलमा राखेको थियो ।