काठमाडौं । पछिल्ला दुई आर्थिक वर्षमा लगातार उच्च वृद्धि देखिएको विप्रेषण आप्रवाह (रेमिट्यान्स) चालु आर्थिक वर्षमा भने गत वर्षकै अवस्थामा देखिन लागेको छ । अमेरिकी डलरको विनियदर लगातार बढ्दै जाँदा पनि चालु आर्थिक वर्षमा भने रेमिट्यान्समा उल्लेख्य वृद्धि नदेखिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाएको छ ।
डलरको विनियम दर बढ्दा चालु आर्थिक वर्षको ६ महिना (पुस मसान्तसम्म) ७ खर्ब ६३ अर्ब ८ करोड रुपैयाँ रेमिट्यान्स आएको नेपाल राष्ट्र बैंकले जनाएको छ । जुन गत आवको सोही अवधिको तुलनमा ४.१ प्रतिशतले बढी हो । सोही अवधिमा डलरमा भने भने रेमिट्यान्स १.१ प्रतिशतले मात्रै बढेको छ । डलरको तुलनामा नेपाली मुद्रा कमजोर बन्दै जाँदा नेपाली मुद्रामा रेमिट्यान्सको वृद्धि उच्च देखिएको हो ।
मंसिरसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रहेको रेमिट्यान्स पुसमा १ खर्ब २२ अर्ब ४३ करोड रेमिट्यान्स आएको हो । चालु आवको ६ महिनाको अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) ८ खर्ब ३२ अर्ब ७६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ७ खर्ब ९९ अर्ब ५४ करोड रहेको थियो ।
वैदेशिक रोजगारीमा जाने र पुन श्रम स्वीकृत लिने नेपालको संख्या बढ्दै जाँदा पनि रेमिट्यान्सको वृद्धिदरमा भने रोक लागेको हो । चालु आवको ६ महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ३० हजार ४३९ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ६२ हजार ६२८ रहेको छ । गत आवकोसोही अवधिमा वैदेशिक रोजगारीमा जान अन्मि श्रमस्वीकृत लिने नेपालीको संख्या २ लाख ६ हजार ३९० र पुन श्रम स्वीकृति लिनेको संख्या १ लाख ३३ हजार ९४० थियो ।
प्रतिक्रिया