आज १४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कति पुग्यो ?


काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

आज एकै दिन सुनको मूल्य १ हजार ४ सय रूपैयाँ बढेको हो । यसअघि मंगलबार सुनको मूल्य प्रतितोला ९ सय रूपैयाँ घटेको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ६० हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार छापावाल सुन प्रतितोला १ लाख ५९ हजार दुई सय रूपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ।

आज चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ५५ रूपैयाँ तोकिएको महासंघले जनाएको छ । मंगलबार चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३५ रूपैयाँमा कारोबार भएको थियो ।