काठमाडौं । आर्थिक वर्षको दोस्रो त्रैमास सकिँदा पनि ऋणको माग बढ्न नसक्दा बैंकिङ प्रणालीमा अधिक तरलताको दबाब बढ्दै गएको छ ।
बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न आइतबार नेपाल राष्ट्र बैंकले ४० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । निक्षेप संकलन उपकरण बोलकबोलमार्फत आइतबार नेपाल राष्ट्र बैंकले २१ दिनको लागि ४० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको हो ।
निक्षेप संकलन उपकरण राष्ट्र बैंकले तरलता प्रशोचन गर्न प्रयोग गर्ने विभिन्न उपकरण मध्ये एक हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रिय बैंकले तरलता प्रशोचन गर्ने गर्छ ।
आइतबार बोलकबोल हुने निक्षेप संकलन उपकरणको साँवा र ब्याज फिर्ता ४ फागुनमा हुनेछ । निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाट तय हुने छ ।
प्रतिक्रिया