काठमाडौं । सातको पहिलो कारोबार दिन आइतबार(आज) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको हो ।
शुक्रबार सुन तोलाको १ लाख ६० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो भने आइतबार सुनको मूल्य १ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
त्यस्तै चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलाको १ हजार ८८० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ८६५ रुपैयाँ कायम भएको छ ।
प्रतिक्रिया