काठमाडौं । सेयर बजारमा उछाल आएको छ । बजारमा उछालसँगै कारोबार रकम समेत ह्वात्तै बढेको छ ।
कारोबारको सुरुदेखि नै बजारमा देखिएको उछाल अन्तिम समयसम्म पनि कायमै रह्यो । बजार मापन गर्ने सूचक ५२.३६ अंकले बढेर परिसूचक २६६५.४५ बिन्दु कायम भएको छ ।
३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८१९ कित्ता सेयर ९ अर्ब २० करोड ३० लाख ८८ हजार ३४९ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा सबै समूहको उपसूचकमा हरियाली छाएको छ ।
यो दिन कर्पोरेट डेभलपमेन्ट बैैंक र दोल्ती पावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । कारोबारमा १९६ कम्पनीको सेयर मूल्य बढेको छ भने ३७ कम्पनीको घटेको छ ।
प्रतिक्रिया