हिमालयन बैंकमा खाता भएकाले बुध्द एयरमा छुट पाउने, यस्तो छ व्यवस्था


काठमाडौं । हिमालयन बैंक लिमिटेड र बुध्द एयर बीच बैंकका ग्राहकलाई बुद्ध एयरले सेवा दिँदै आएको विभिन्न हवाइ टिकटहरुमा छुट प्रदान गर्ने सम्झौता भएको छ ।

बैंक र बुध्द एयर बीच भएको उक्त सम्झौता अनुसार बुध्द एयरले बैंकका ग्राहकहरुलाई हवाइ टिकटहरुमा ८ प्रतिशतसम्म छुट प्रदान गर्नेछ ।

हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकले उक्त छुट प्राप्त गर्न बैंकको ग्राहकले बैंकको कुनै पनि डेबिट, क्रेडिट वा प्रीपेड कार्ड देखाउन सक्नेछन् र छुटको लाभ उठाउन सक्नेछन् ।

बैंकका कार्डबाहक तथा ग्राहकवर्गले अन्य स्थानहरुमा प्राप्त गर्न सक्ने छुटहरुका बारेमा जानकारीका लागि यहाँ हेर्न सकिने छ।