रित्तो गाग्री लिएर हर्क साम्पाङलाई सिंहदरबार छिर्न दिइएन, प्रहरीलाई गेटमै बुझाएर गए


काठमाडौं । धरान उपमहानगरका प्रमुख हर्क साम्पाङ सिंहदरबार प्रवेश गरेका छन् ।

रित्तो गाग्रीसहित धरानबाट काठमाडौं आएका उनी प्रधानमन्त्री र खानेपानी मन्त्रीलाई रित्तो गाग्री बुझाउने भन्दै मंगलबार बिहान सिंहदरबार पुगेका थिए ।

तर प्रहरीले भौतिक सामग्री लिएर भित्र जान नपाइने जनाउँदै रोकेपछि रित्तो गाग्री गेटमै प्रहरीलाई बुझाएर साम्पाङ सिंहदरबार प्रवेश गरेका हुन् ।

संघीय सरकारले धरानको खानेपानी समस्या समाधान नगरेकाले दबाब दिन भन्दै उनी सिंहदरबार पुगेका हुन् ।