
काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रित्तो गाग्रीसहित सिंहदरबार प्रवेश गर्ने भनेपछि त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा पारिएको छ ।
सिंहदरबारको पूर्वी र दक्षिणी गेटमा बाक्लो संख्यामा प्रहरी तैनाथ गरिएका हुन् ।
रित्तो गाग्री वा अन्य कुनै विरोधका सामग्रीसहित प्रवेश गर्न नदिने प्रहरीको तयारी छ । तर प्रहरीले साम्पाङलाई सामान्य रूपमा सिंहदरबार प्रवेशमा भने रोक नलगाइएको जनाएको छ ।

हर्क साम्पाङ सोमबार धरानको खानेपानी समस्या संघीय सरकारले समाधान नगरेको भन्दै दबाब दिन रित्तो गाग्रीसहित सिंहदरबार छिर्ने भन्दै काठमाडौं आएका हुन् ।













प्रतिक्रिया