अर्थतन्त्र र बैंक दुबै डुब्न दिँदैनौ: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थतन्त्र र बैंक दुबै डुब्न नदिने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री पौडेले कतिपय मानिसहरुको बैंकको बारेमा र अर्थतन्को बारेमा नकारात्मक टिप्पणी गर्ने आदत रहेको भन्दै उनले भने, ‘हामी छौं अर्थतन्त्र डुब्न दिँदैनौ । बैंक पनि डुब्न दिँदैनौ । अर्थतन्त्रमा निरन्तर सुधार हुँदै आएको छ । यसमा कुनै नकारात्मक टिप्पणी गरेर कुनै अर्थ छैन ।’

अर्थतन्त्र डुब्यो भनेर नकारात्मक हल्ला गर्नेहरुको पछि नलाग्न उनले आग्रह गर्दै उनले नकारात्मक कुरालाई प्रवद्र्धन गर्न नहुने पनि उनले बताए ।

उनले सोही कार्यक्रममा अर्थ मन्त्रालयले वर्षेनी १७५ प्रकृतिका कोषमा पैसा विनियोजन गरेर खर्च गर्दै आएको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताएका छन्।


क्लिकमान्डु