गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले निष्कासन गरेको साधारण सेयर (आईपीओ) बाँडफाँट गरेको छ ।
कम्पनीले निष्कासन गरेको सेयरमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख ८४ हजार ५०० जना सर्वसाधारणले सेयर हात पारेका छन् ।
आइपीओमा १८ लाख ३० हजार ८५७ आवेदकले २ करोड ३२ लाख २ हजार ५४० कित्ताका लागि आवेदन दिएका थिए । बिक्री प्रबन्धक कुमारी क्यापिटलका अनुसार आवेदन दिएका मध्ये ८ हजार ४५२ जनाको आवेदन रद्द भएको छ । बाँकी १ लाख ८४ हजार ५०० जना आवेदकहरुले सेयर पाएका छन् ।
आईपीओको नतिजा लगानीकर्ताले बिक्री प्रबन्धक कुमारी क्यापिटको वेबसाइट, गार्डियन माइक्रो लाइफको वेबसाइट, मेरो सेयर एकाउन्ट र सीडीएससीले आईपीओ नतिजा हेर्न बनाएको वेबसाइट मार्फत थाहा पाउन सक्नेछन् ।
कम्पनीले पुस २१ देखि २४ गतेसम्म सर्वसाधरणका लागि प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँको १८ लाख ४५ हजार कित्ता सेयर निष्कासन गरेको थियो ।