हदबन्दीभन्दा बढी जग्गा प्लटिङ गरी बेच्न पाइने



काठमाडौं । हदबन्दीभन्दा बढी जग्गा प्लटिङ गरी बेच्न पाइने भएको छ । सरकारले अध्यादेशमार्फत् भुमिसम्बन्धि ऐन २०२१ संशोधन गरि यस्तो व्यवस्था गरेको हो ।

हाल हदबन्दीमा छुट दिइएको तर हदवन्दी बढीको जग्गा बिक्रि गर्न रोक लगाउने व्यवस्था छ । सो कानुनमा परिवर्तन गरी त्यस्तो जग्गा स्वीकृति लिई तोकिएको अबधि भित्र विकसित गरी घरघडेरी विक्रि गर्न पाउने व्यवस्था गरेको हो ।
तर सार्वजनिक प्रयोजनको लागि छुट्याइएको जग्गालाई धितो बन्धक राख्न, बिक्रि गर्न नपाउने व्यवस्था गरिएको छ ।


क्लिकमान्डु