एनआरएनले नेपालमा कम्पनी खोल्न पाउने, १० वर्ष नेपाल बस्न भिसा नलाग्ने
काठमाडौं । गैरआवासीय नेपाली नागरिकताबाहकले पनि नेपालमा कम्पनी खोल्न पाउने भएका छन् । मन्त्रिपरिषद्को शुक्रबार राति बसेको वैठकले यस्तो व्यवस्था गर्ने गरि कानुन संशोधन गर्न अध्यादेश जारी गर्ने निर्णय गरेको हो ।
नेपालमा विदेशी लगानी भित्र्याउन यस्तो व्यवस्था गरिएन लागेको एक मन्त्रीले जानकारी दिए । गैरआवासी नेपालीले नेपालमा कम्पनी खोल्न सक्ने कानुनी व्यवस्था हुने भएसँगै उनीहरूले विदेशमा आर्जन गरेको रकमन नेपाल ल्याउन सजिलो हुनेछ ।
सरकारले अध्यादेशमार्यत गरेको प्रस्ताव अनुसार एनआरएनहरू नेपालमा १० वर्षसम्म बस्न पाउनेछन् ।
यसैगरी सार्वजनिक सेवामा हुने झन्झट हटाउन केही कानुनहरू संशोधन गर्ने अध्यादेश ल्याइने भएको छ । अध्यादेशअनुसार सरकारको कार्यसम्पादन सरलीकरण गर्दै ७ दिनभित्र निर्णय गर्नुपर्ने व्यवस्था छ । यस्तै सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउनेगरी अध्यादेशमार्फत कानुन संशोधन पनि हुनेछ ।