समस्याग्रस्त कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी शुक्रबारसम्म स्थगन
काठमाडौं । समस्याग्रस्त घोषणा भएको कर्णाली डेभलपमेन्ट बैंकको निक्षेप भुक्तानी कार्य शुक्रबारसम्मका लागि स्थगन भएको छ ।
‘निक्षेपकर्ताहरुलाई निक्षेप भुक्तानी भईरहेकोमा हाल तरलता व्यवस्थापन तथा नियमित कार्य संचालनका लागि कार्य भईरहेको र त्यसका लागि केही समय आवश्यक पर्न गएको हुँदा तरलता व्यवस्थापन भएपछि गर्ने शुक्रबारसम्म निक्षेप भुक्तानीको कार्य स्थगन गरिएको छ’ सूचनामा भनिएको छ ।
निक्षेपकर्ताहरुको निक्षेप भुक्तानी गर्ने कार्यलाई व्यवस्थापन समुहले पहिलो प्राथमिकतामा राखी काम गरिरहेको जनाएको छ । संयोजक टिकाराम खतिवडाले नियमानुसार क्रमशः भुक्तानी हुने जनाएका छन् । उनले बाहिरी हल्ला, भ्रम र भीडको पछाडी नलागी धैर्यता कायम गरी व्यवस्थापन समुहलाई सहयोग गरी दिन निक्षेपकर्तालाई आग्रह गरेका छन् ।
नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरी राष्ट्र बैंकबाट गठित ब्यवस्थापन समुहबाट संस्था व्यवस्थापन तथा सञ्चालन भई रहेको छ ।