माछापुच्छ्रे बैंकका सीईओको तलब भत्ता पौने २ करोड, सञ्चालकले कति बुझे ?
काठमाडौं । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षमा प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई १ करोड ८६ लाख ८१ हजार रुपैयाँ तलब भत्ता दिएको छ ।
बैंकले सीईओलाई तलब बापत ७४ लाख १९ हजार, भत्ता बापत ६७ लाख २० हजार, सुविधा बापत १६ लाख ३४ हजार र बोनस बापत २९ लाख ७ हजार रुपैयाँ भुुक्तानी गरेको जनाएको छ । उक्त तलब भत्ता बापत सीईओले राज्यलाई ३९ प्रतिशतसम्म कर तिरेका छन् ।
बैंकले गत आवमा सञ्चालकहरूलाई बैठक भत्ता बापत २१ लाख ९४ हजार रुपैयाँ भुक्तानी गरेको छ । बैंकले प्रति बैठक अध्यक्ष १८ हजार र सञ्चालकलाई १५ हजार ५०० रुपैयाँ उपलब्ध गराएको छ ।
यस बाहेक बैंकले सञ्चालकलाई प्रति महिना पत्रपत्रिका, मोबाइल तथा ईन्टरनेट खर्च बापत १५ हजार रुपैयाँ उपलब्ध गराएको जनाएको छ । साथै ५० लाख बराबरको सामुहिक दुर्घटना बीमा गरीएको छ । बैंकको कामको सिलसिलामा भ्रमण गर्नु पर्दा लाग्ने खर्च, दैनिक भ्रमण भत्ता आदि बैंकको नियमावली बमोजिम हुने जनाएको छ ।