मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश





काठमाडौं । मुक्तिनाथ विकास बैंक १९औं वर्षमा प्रवेश गरेको छ । बैंकले देशभर विविध कार्यक्रम गरी बार्षिकोत्सव मनाएको छ । बार्षिकोत्सवका अवसरमा वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी ८ देखि १० कक्षासम्मका विद्यार्थीहरु बीच चित्रकला प्रतियोगिता सम्पन्न गरेको छ ।

उक्त प्रतियोगितमा कुल ४७६ विद्यार्थीहरु सहभागी भएका थिए । सर्वोत्कृष्ट चित्रको सिर्जनाकार जुलेन गुरुङ्गलाई ५० हजार नगद र प्रमाण पत्र, हरेक क्षेत्रीय कार्यालय अन्तर्गतको उत्कृष्ट चित्रकारलाई जनही १० हजार नगद र प्रमाण पत्र प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचनाहरु तथा समाचारहरु प्रकाशित गर्ने ३ जना पत्रकारहरुलाई “मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार” दिएको छ ।

पुरस्कार पाउने पत्रकारहरुमा सागर परियार (जुम्ला), कौशिला कुँवर (काठमाडौ) र श्री माधव प्रसाद अर्याल (पाल्पा) लाई क्रमशः ३५, २५ र १५ हजार नगद पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेको बैंकले जनाएको छ ।

बैंकले सात वटै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुलाई छात्रवृत्ती, विभिन्न क्याम्पसहरुमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माण गर्न सहयोग, विभिन्न विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामग्रीहरु वितरण, वातावरण संरक्षण तथा सरसफाई सम्बन्धी कार्य, बागमती सफाई महाअभियानलाई सफाई सामाग्री हस्तान्तरण, गैरनाफा मूलक सामाजिक संस्थाहरुलाई आर्थिक सहयोग गरेको छ ।

वित्तीय साक्षरता कार्यक्रम संचालन, डिजिटल माध्यमद्वारा बैंकिङ्ग साक्षरता, धार्मिक तथा साँस्कृतिक विकासका लागि आर्थिक सहयोग, स्थानीय निकायहरुसंग सहकार्य गरी सेवाग्राहीको हित हुनेगरी फर्निचर तथा उपकरणहरु हस्तान्तरण जस्ता विभिन्न सामाजिक कार्यहरु सम्पन्न गरेको छ ।


क्लिकमान्डु