७० अर्ब रुपैयाँ बजारमा संकलन गर्दै राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले बजारबाट ७० अर्ब रुपैयाँ संकलन गर्ने भएको छ ।
आइतबार सार्वजनिक सूचना प्रकाशित गर्दै राष्ट्र बैंकले बोलकबोल विधिमार्फत २१ दिनका लागि ७० अर्ब संकलन गर्न लागेको सूचना प्रकाशित गरेको हो ।
राष्ट्र बैंकले घटीमा १० करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी रकम प्रस्ताव गर्न राष्ट्र बैंकले आह्वान गरेको छ ।
हाल राष्ट्र बैंकसँग बजारमा संकलन गरेको २ अर्ब ४० करोड रुपैयाँ जम्मा छ । राष्ट्र बैंकले मंसिर २६ गते संकलन ४० अर्ब निक्षेप पुस १७ गते बजारमा फिर्ता हुँदैछ ।
यस्तै, राष्ट्र बैंकले पुस ३ गते संकलन गरेको १ खर्ब निक्षेप पुस २४ गते, पुस ७ गते संकलन गरेको ६० अर्ब निक्षेप पुस २८ गते तथा पुस ९ गते संकलन गरिएको ५० अर्ब निक्षेप पुस २१ गते बजारमा फिर्ता हुनेछ ।
अन्तर बैंक ब्याजदरलाई ३ प्रतिशतको निक्षेप संकलन दरमा कायम राख्न राष्ट्र बैंकले निरन्तर बजारबाट निक्षेप संकलन गरिरहेको छ ।