सिचुवान एयरलाइन्सले पोखरामा गर्‍यो चार्टर उडान, अब नियमित उडान हाेला ?



काठमाडौं । चिनियाँ वायुसेवा कम्पनी सिचुवान एयरलाइन्सले छेन्दु पोखरामा चार्टर उडान गरेको छ । यो वायुसेवाले छेन्दुबाट १२९ जना लिएर पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा विहीबार विहान १० बजे अवतरण गरेको छ ।

उक्त एयरलाइन्सले ११ बजेर ३० मिनेटमा काठमाडौं हुँदै छेन्दु फर्कने भएको छ । यो वायुसेवाले छेन्दु पोखरा काठमाडौं नियमित उडानको जानकारी दिने भएको छ । उक्त उडानको जानकारी दिन विहीबार साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरेर जानकारी दिने भएको छ ।

यो उडानसँगै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्न कुनै बाधा व्यवधान रहेकाे नेपाल नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । सिचुवानले पोखरामा उडान सुरु गरे याे नै यहाँबाट नियमित उडान गर्ने पहिलो वायुसेवा कम्पनी हुन सक्छ । तर यसले व्यवायीक रुपमा नियमित उडानकाे लागि भने कुनै तालिका पेश पेश गरेकाे छैन ।

पोखरा विमानस्थल चिनियाँ ऋण सहयोगमा नै बनेको विमानस्थल हो । यो विमानस्थल बनाउन सरकारले करिब २२ अर्ब रुपैयाँ खर्च गरेको भए पनि विमानस्थलको उद्घाटन भएको दुई वर्षसम्म पनि उडान भने सुरु हुन सकेको छैन । यो विमानस्थल सञ्चालनमा आएको आगामी जनावरी १ देखि दुई वर्ष पूरा हुने छ ।


क्लिकमान्डु