![](https://clickmandu.com/wp-content/uploads/2022/07/Sarbottam-Cement-Logos-03-768x523.png)
काठमाडौं । सर्वोत्तम सिमेन्ट कम्पनीले सेयरधनीलाई १० प्रतिशत लाभांश दिने भएको छ ।
पुस ३ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस ७ प्रतिशत बोनस र कर सहित ३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।
कम्पनीले पुस २६ गते बार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि पुस १२ गते एक बुक क्लोज गर्ने भएको छ । पुस ११ गतेसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउन सक्नेछन् ।
![](https://clickmandu.com/wp-content/uploads/2024/12/image-40-679x768.png)
प्रतिक्रिया