सेन्सेई फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा
सेन्सेईले आफ्ना ग्राहकहरूका लागि अत्याधुनिक फ्रन्ट लोड वाशिङ मेसिन नेपाली बजारमा ल्याएको छ । जापानी इन्जिनियरिङद्वारा विकसित यस मेसिनले दक्षता, गुणस्तर र नवीनतम प्रविधिलाई नयाँ स्तरमा पुर्याएको कम्पनीले जनाएको छ ।
पावर स्टिम कपडाको गहिरो सरसफाइ र कोमल देखिने प्रभावकारी प्रविधि, बीएलडीसी इन्भर्टर मोटर: ऊर्जा बचत गर्ने दक्ष मोटर, जसमा १० वर्षको वारेन्टी, स्टेन ट्रीटमेन्ट गहिरो दागसमेत सजिलै हटाउन सक्षम, द्रुत धुलाई केवल १५ मिनेटमै सरसफाइ सम्पन्न गर्ने फिचर, ८ किलो क्षमता: ठूलो परिवारका लागि उपयुक्त लगायतका विशेषताहरू रहेको कम्पनीले जनाएको छ ।
सेन्सेई वाशिङ मेसिनले केवल कपडा सफा मात्र होइन, समय र ऊर्जा दुवै बचत गर्न मद्दत गर्दछ ।
सेन्सेईको नयाँ वाशिङ मेसिनले नेपाली ग्राहकहरूको जीवनशैलीलाई सरल, सफा र ऊर्जा-कुशल बनाउन महत्वपूर्ण योगदान गर्ने कम्पनीले जनाएको छ।
सि . जी इलेक्ट्रोनिक्स ले नेपाल अधिराज्य भरि सेन्सेई ब्रान्ड को समान बिक्रि वितरण गर्दै आइरहेको छ । वाशिंग मेसिन साथै सेन्सेई ब्रान्डका चेस्ट फ्रीज़र, शोकेस, कुलर, टि. भी , फ्रिज हरु पनि नेपाली बजारमा सर्वत्र उपलब्ध रहेको सीजीले जनाएको छ।