धितोपत्र बोर्ड अध्यक्ष सन्तोष नारायणले सम्हाले कार्यभार
काठमाडौं । नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष सन्तोषनारायण श्रेष्ठले पदभार ग्रहण गरेका छन् । सोमबारको मन्त्रिपरिषद वैठकले अध्यक्षमा नियुक्ति गरेको तेस्रो दिन कुर्सी सम्हालेका हुन् ।
उनले हिजो मंगलबार अर्थमन्त्री विष्णु पौडेलसमक्ष पद तथा गोपनियताको सपथ लिएका थिए ।
बुधबार बिहान खुमलटारस्थित बोर्डको कार्यालयमा कर्मचारीले स्वागत गरे ।