सेयर बजारमा दोहोरो अंकको सुधार, ६ अर्ब बढीको कारोबार



काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । बजारमा दोहोरो अंकको बढोत्तरी हुँदा ६ अर्ब ३४ करोड ५८ लाख ९ हजार ५९७ रुपैयाँको कारोबार भएको छ ।

३०९ कम्पनीको १ करोड २२ लाख ६३ हजार ७८० कित्ता कारोबार भएको छ । बजार १५.८३ अंकले बढेर परिसूचक २६८३.२४ बिन्दु कायम भएको छ ।

कारोबारमा १६९ कम्पनीको सेयर मूल्य बढेको छ भने ६७ वटाको घटेको छ । बेष्ट फाइनान्स, सुपर मादी हाईड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक, स्वाभिमान लघुवित्त वित्तीय संस्था, सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् ।

यस्तै ङादी ग्रुप पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेको छ । जानकी फाइनान्स, मध्ये भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य घटेको छ । कारोबारमा उत्पादन तथा प्रशोधन समूहको उपसूचक घटेको छ भने बाँकी समूहको उपसूचक बढेको छ ।


क्लिकमान्डु