लोकप्रियताको नाममा कुलमानले जे पनि गर्छ भन्ने आवाज उठेको भन्दै घिसिङले दिए प्रष्टीकरण



काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले लोकप्रियताका आधारमा आफूले राजनीति नगरेको दाबी गरेका छन् ।

बुधबार पत्रकार सम्मेलन गर्दै घिसिङले प्राधिकरणमा रहेर आफ्नो राजनीतिक स्वार्थ नरहेको बताएका छन् । ‘देश र संस्थाको हित र संस्थाको राजस्व उठाउने बाहेक मेरो व्यक्तिगत र राजनीतिक स्वार्थ छैन,’ घिसिङले भने, ‘नाजायज कार्य गर्नु मलाई आवश्यक छैन ।’

उनले प्राधिकरणको राजस्व उठाउन खोज्नु राजनीति गरेको हुन्छ ? भन्दै प्रश्न गरे । ‘हामीले नाजायज रकम उठाउन खोजेको त होइन,’ उनले भने ।

लोकप्रियताको नाममा कुलमानले जे पनि गर्छ भन्ने आरोप लाग्ने गरेको भन्दै कुलमानले भने, ‘नेपालको संविधान ऐन कानुन संस्था र देशको हितमा होस् भन्ने म चाहन्छु ।’


क्लिकमान्डु