सेयर बजारमा अन्तिम १ मिनेटमा ३ अंकको सुधार, यी हुन कमाउने र गुमाउने कम्पनी




काठमाडौं । सेयर बजार स्थिर बनेको छ । अन्तिम समयमा बजारमा केही सुधारको संकेत देखा परेको थियो । अन्तिम १ मिनेटमा बजार ३ अंकले सुधार भएको थियो ।

समग्र बजार १.८८ अंकले घटेर परिसूचक २६७५.५१ बिन्दु कायम भएको छ । ३२० कम्पनीको १ करोड १६ लाख ८६९ कित्ता सेयर ५ अर्ब २२ करोड २४ लाख ८६ हजार ८१५ रुपैयाँको कारोबार भएको छ ।

कारोबारमा १२१ कम्पनीको सेयर मूल्य बढेको छ भने ११७ कम्पनीको सेयर मूल्य घटेको छ । अधिकांश समूहको उपसूचक घटेका छन् । विकास बैंक, वित्त कम्पनी, जलविद्युत, ट्रेड्रिङ समूहको उपसूचक बढेको छ ।

कारोबारमा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बलेफी हाईड्रोपावर, पिपुल्स हाईड्रोपावर, समृद्धि फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् भने नेपाल फाइनान्स, कुथली बुखरी स्मल हाईड्रोपावर, समाज लघुवित्त, युनाइटेड मोदी हाईड्रोपावर कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।


क्लिकमान्डु