नेपाल रिपब्लिक मिडियाले बनायो सेयरधनीको हात खाली
काठमाडौं । नेपाल रिपब्लिक मिडियाले सेयरधनीको हात खाली बनाएको छ ।
यो पटक कम्पनीले सेयरधनीलाई लाभांश नदिने भएको हो । मंगलबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सभा आह्वान गरेको हो । सभा मंसिर १० गते हुनेछ ।
सभा प्रयोजनका लागि कात्तिक २८ गते बुक क्लोज हुने भएको छ । कात्तिक २७ गतेसम्म कायम रहेका सेयरधनीले सभामा भाग लिन पाउनेछन् ।