अनुमति नलिइ काठमाडौं आएको एयर एसियाको जीएसए खारेजसँगै आवतरणै गर्न नपाउनेसम्मको कारवाही हुने




काठमाडौं । उडान अनुमति नलिइ थाइल्याण्डबाट काठमाडौं आएको एयर एसियाको विमानलाई काठमाडौंको आकाशमा करिब ४५ मिनेट होल्ड गरेपछि अवतरण गर्न अनुमति दिइएको छ ।

काठामाडौं आइसके यो जहाजलाई अवतरण नगरी थाइल्याण्ड नै फिर्ता पठाउने वा अवतरण गर्न दिने विषयमा नेपाल नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीबीचमै विवाद भएको थियो ।

अन्ततः विमानलाई अवरण गर्न दिएर कारबाही गर्ने निर्णय भएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार थाइल्याण्डबाट आएको थाई एयर एसियाको प्राधिकरणले उडान अनुमति खारेजसँगै उसको जनरल सेल्स एजेन्ट्स (जीएसए) खारेजेसम्मको कारबाही गर्ने छ ।

यो वायुसेवालाई अनुमति नलिइ काठमाडौं ल्याउने काम सम्बन्धित जीएसए कम्पनीको भएकोले जीएसए खारेजसहित काठमाडौंको अनुमति खारेज हुने भएको छ ।

यसको जीएसए कम्पनी युनिभर्सल टूर्स एण्ड ट्राभल हो । यसका सञ्चालक परासर प्रसाई हुन् । प्रसाईंको कमजोरी र नियामक निकायमाथिको अटेरिका कारण यसको जीएसएस कारबाही हुने भएको छ ।

भुलकाअनुसार आज (२७ अक्टोबर) बाट एयर एसियाले भैरहवा विमानस्थलमा उडान गर्ने गरी काठमाडौं विमानस्थलमा उडान गरिरहेको थियो । आजैबाट लागेको विन्टर सिजनको पनि यो वायुसेवाले उडान अनुमति समेत लिएन ।

यो वायुेवाले भैरहवाबाट उडान सुरु नगरेसम्म विन्टर सिजनको लागि काठमाडौंमा मात्रै उडान गर्न नपाउने शर्त प्राधिरणले राखेको थियो । सोही सर्त मानेर उडान सुरु गरेको थाइ एयर एसियाले आफ्नै शर्त नमानेको र हिजोदेखि सकिएको समर सिजनको सेड्युलबाटै आएकोले यसलाई कारबाही गरिने भएको हो ।

प्राधिकरणसँगको सर्त नमाने पनि प्राधिकरण नेतृत्व भने होल्ड भएको विमान डाइभर्ट नगरि ल्याण्ड गराएको हो ।


क्लिकमान्डु