यो भैँसीले बाघ मार्ने देश हो, रास्वपालाई सरकारले नहेपोस्: विराजभक्त श्रेष्ठ



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद विराजभक्त श्रेष्ठले ‘भैँसीले बाघ मारेको देश’मा सचेत रहन सरकारलाई चेतावनी दिएका छन् ।

शुक्रबारबाट रास्वपाले सुरु गरेको काठमाडौं केन्द्रीत आन्दोलनका क्रममा माइतीघरबाट सुरु भएर नयाँ बानेश्वर पुगेपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद श्रेष्ठले सरकारले रास्वपाका मात्र त्रुटी औँल्याउने काम गरेको भन्दै त्यसो गरिरहे सरकार दुर्घटनामा पर्ने चेतावनी दिए ।

सहकारी क्षेत्रमा ९७ अर्बको ठगी भए पनि सरकार ३ करोडको पछि लागेको उनको आरोप छ ।

‘यो भैँसीले बाघ मार्ने देश हो । यहाँ रास्वपालाई नहेप्न म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु,’ श्रेष्ठले भने, ‘९७ अर्बको ठगी सहकारी क्षेत्रमा छ । तीन करोडको पछि सरकार किन लागिरहेको छ ?’

उनले सरकार रवि लामिछानेलाई प्रतिशोध साँधेर फसाउन लागि परेको आरोप लगाए । सरकारको ध्यान सुशासनमा हुनुपर्ने भए पनि अहिले सरकारले सम्पूर्ण शक्ति रविमा लगाइरहेको उनको आरोप छ ।


क्लिकमान्डु