यी हुन् मन्त्रिपरिषद् बैठकका १२ निर्णय



काठमाडौं । सरकारले बबई सिँचाइ आयोजनाको लागि बर्दियाको गुलरिया नगरपालिकामा ६५ हेक्टर जग्गा प्राप्ति गर्न स्वीकृति प्रदान गर्ने निर्णय गर्को छ ।

बिहीबार बसेको मन्त्रिपरिष्द बैठकले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडलाई हुलाक टिकट, जग्गाधनी दर्ता प्रमाण पुर्जा र भिसा स्टिकर छपाइ गर्न स्वीकृति दिने लगायत १२ वटा निर्णय गरेको सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

त्यस्तै बैठकले स्लोभानियासमेतका विभिन्न ११ स्थापनका अवैतनिक वाणिज्यदूत/ महावाणिज्यदूतहरूको पदावधि एक अवधि (चार वर्ष) का लागि थप गर्ने, पाँचथर जिल्लाको फालेलुङ गाउँपालिका वडा नं ५ मा भएको विस्फोटमा परी मृत्यु भएका दिप्सन साँवा र प्रिन्सा साँवाको एकाघरको परिवारलाई प्रति परिवार बिलबमोजिम बढीमा पाँच लाखका दरले आर्थिक सहायता उपलब्ध गराउने लगायतका निर्णय गरेको छ ।


क्लिकमान्डु