रास्वपा संसदमा आएपछि पुराना दल आत्तिए, राजनीतिक प्रतिशोधमा रवि पक्राउ: हरि ढकाल
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले २०८४ सम्म सडक र सदन दुबै आफूहरुको हुने बताएका छन् ।
सहकारी ठगी प्रकरणमा पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि आन्दोलनमा उत्रिएको रास्वपाले शुक्रबार माइतीघरमा आयोजना गरेको प्रदर्शनलाई सम्बोधन गर्दै सांसद ढकालले भ्रष्टाचारमा डुबेका पुराना दल रास्वपा आएपछि अत्ताल्लिएको टिप्पणी गरे ।
गत निर्वाचनमा रास्वपा संसदमा आएपछि पुराना दलका नेताहरुको निद्रा हराएको र राजनीतिक प्रतिशोधका आधारमा सभापति रवि लामिछानेलाई पक्राउ गरिएको उनले आरोप लगाए ।
लामिछाने कास्की हिरासतमा छन् । रास्वपाले यसअघि पोखरामा प्रदर्शन गर्दै आएको थियो भने आजबाट उसले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेको छ।
माइतीघरबाट सुरु भएको रास्वपाको प्रदर्शनमा सहभागीहरू नाराबाजीसहित नयाँ बानेश्वरतर्फ बढेका छन् ।