नेशनल लघुवित्त वित्तीय संस्थाको लाभांश घोषणा



काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्थाले लाभांश घोषणा गरेको छ ।

बिहीबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट लाभांश घोषणा गरेको हो ।

संस्थाले आव २०८०/०८१ के नाफाबाट १५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । जसमा बोनस १४.२५ र कर प्रयोजनका लागि नगद ०.७५ प्रतिशत रहेको छ ।

यो प्रस्ताव नेपाल राष्ट्र बैंकले स्वीकृत गरेर कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।


क्लिकमान्डु