कात्तिक २४ गतेबाट फ्लाइ दुबईले काठमाडौं-भैरहवादेखि दुबईको उडान गर्ने



काठमाडौं । कात्तिक २४ गतेबाट दुबई-भैरहवा र काठमाडौं-भैरहवादेखि दुबईको उडान सुरु हुने भएको छ ।

बुधवार सिंहदरबारमा सरकारको सय दिने उपलब्धी सुनाउने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले सो जानकारी दिएका हुन् ।

फ्लाई दुवईले हप्ताको सातै दिन दुबई-भैरहवा एवं काठमाडौं हुँदै भैरहवा-दुबई उडान भर्न लागेको प्रधानमन्त्रीले जनाकारी दिए

जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा-कुवेत एवं कुवेत-भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको प्रधानमन्त्रीले जनाकारी दिए ।

राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन यस सरकारले ठोस कदम चालेको बताए ।

उनले भैरहवा-पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भएको बताए ।

‘देशभित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसबाट लाभ लिने यो सरकारको घोषित नीति हो । त्यसैले राम्ररी सञ्चालनमा नआएका अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग बढाउन सरकारले ठोस कदम चालेको छ,’ प्रधानमन्त्रीले भने, ‘भैरहवा र पोखरामा फ्लाइट आकर्षित गर्न भैरहवा र पोखराको लागि हवाइ इन्धनको मूल्यमा प्रतिलिटर शून्य दशमलव ३७ डलर कम गरी अन्तर्राष्ट्रिय उडानको प्रवन्ध गर्न सफल भयौं । अब आउँदो कात्तिक २४ गतेदेखि दुबईदेखि भैरहवासम्म र काठमाडौ हुँदै भैरहवादेखि दुबईको उडान सुरु हुने छ । फ्लाई दुवईले हप्ताको सातै दिन दुबई र भैरहवा एवम् काठमाडौं हुँदै भैरहवा र दुबई बीच उडान भर्नेछ । जजिरा एअरवेजले हप्ताको तीन दिन भैरहवा र कुवेत एवम् कुवेत र भैरहवाबीच सिधा उडान भर्ने कार्यतालिका स्वीकृत भएको छ ।’

प्रधानमन्त्री ओलीले देशभित्र बनेका भौतिक पूर्वाधारको अधिकतम प्रयोग गर्ने र त्यसबाट लाभ लिने सरकारको घोषित नीति रहेको बताए ।


क्लिकमान्डु