श्री एयरलाइन्सको विमान डिले भएकोभन्दै पोखरा विमानस्थलमा यात्रुको आक्रोश



पोखरा । विमानको उडान ढिला भएको भन्दै पोखरा विमानस्थलमा यात्रुले बिरोध गरेका छन् ।

बुधबार दिउँसो १२:१५ को श्री एयरको पोखरा-काठमाडौं उडानको तालिका भए पनि विमान डिले भएपछि यात्रु आक्रोशित भएका हुन् ।

उडान साढे १ मा सारेको जानकारी एयरलाइन्सका कर्मचारीले दिएपछि जहाज कुरिरहेका यात्रु आक्रोशित बनेका हुन् । उनीहरु श्रीको काउन्टरामा रहेका कर्मचारीसँग विवादमा उत्रिएका हुन् ।


क्लिकमान्डु