एफपीओ निष्कासन गर्दै समता घरेलु लघुवित्त वित्तीय संस्था



काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्थाले थप सार्वजनिक (एफपीओ) निष्कासन गर्ने भएको छ ।

संस्थाले प्रतिकित्ता सय रुपैयाँका दरले ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको ३ लाख ५० हजार ९०४.२५ कित्ता सेयर निष्कासन गर्न लागेको हो ।

संस्थाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ निष्कासन गर्न लागेको जनाएको छ ।

संस्थाले कात्तिक १२ देखि २० गतेसम्म सेयर निष्कासन गर्ने भएको छ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेको खण्डमा कात्तिक २६ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

सेयरमा न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सकिने छ । यसको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।


क्लिकमान्डु